काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले नेपाली स्याहार श्रमिकलाई नेपालीको विशेष श्रमका रुपमा ब्राण्डिङ गर्न सकिने बताएका छन । उनले जसरी निडर र बहादुर भन्ने वित्तिकै संसारभर गोर्खालाई सम्झिइन्छ, त्यसैगरी सेवामूलक काममा पनि नेपालीलाई स्थापित गर्न सकिने बताए ।

देशपरदेशले सुरु गरेको पोडकाष्ट सिरिज केयर टकमा बोल्दै श्रम मन्त्री भण्डारीले संयुक्त अरव इमिरेट्स (युएई) बाट यो प्रकृयाको थालनी हुने अपेक्षा प्रकट गरे । नेपाल र युएईबीच विगत केहि महिनायता घरेलु श्रमिकलाई व्यवस्थित रुपमा लैजाने गरी तयारी चलिरहेको छ । उनले सुरुमा परीक्षणका रुपमा केहि श्रमिकलाई घरेलु काममा दक्ष बनाएर युएई पठाइने र त्यसका आधारमा योजना बनाउने तयारी रहेको जानकारी दिए ।

मन्त्री भण्डारीले हाल कुवेतमा मात्र ४५ हजार नेपाली घरेलु श्रमिक कार्यरत रहेको भन्दै बन्देज लगाएर मात्र घरेलु श्रममा जान रोख्न नसकिने बताए । यसका लागि व्यवस्थित गर्ने प्रकृया सुरु भएको र हाल गन्तव्य मुलुकमा रहेकाहरुलाई दुतावासबाट नै पुनः श्रम स्वीकृति दिने व्यवस्था गरिएको मन्त्री भण्डारीको भनाई थियो ।

मन्त्री भण्डारीसँग गरिएको कुराकानी हेर्न यहाँ क्लीक गर्नुहोस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय