काठमाडौं, म्यानमारको मेवाडीबाट थप चारजना नेपालीको उद्धार गरिएको छ। अनलाइन स्क्यामिङ कार्यमा लगाइएका उनीहरुलाई नेपाली दूतावास, थाइल्यान्ड बैंककको सहयोगमा म्यानमारबाट उद्धार गरिएको हो। सो स्थानबाट पटक पटक नेपालीको उद्धार गरिंदै आएको छ ।

उनीहरूलाई टाक इमिग्रेसन कार्यालय मेसोट हुँदै थाइल्यान्ड ल्याएर आज बुधबार नेपाल फर्काइएको नेपाली दूतावास बैंककले जनाएको छ।

दूतावासले सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्बोडिया लाओस, म्यानमार र थाइल्याणलगायत बैदेशिक रोजगारीमा नआउनका लागि पुनः सबैमा अनुरोध गरेको छ ।

म्यानमार, थाइल्याण्ड लगायतका मुलुकमा आकर्षक कमाई हुने प्रलोभन देखाएर अनलाईन स्क्यामिङको काममा लगाउन नेपालीहरुलाई लैजाने गरिएका कारण समस्यामा पर्ने गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय