सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । आकर्षक तलबमा सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका-७ घर भई हाल काठमाडौंको टोखा बस्नदै आएका ३५ वर्षीय सर्बराज बिसी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पीडितसँग ४ लाख रुपैयाँ लिएर बिसी सम्पर्कविहीन भएको उजुरी परेको थियो ।

सोही उजुरीको आधारमा शुक्रबार उनलाई टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय