काठमाडौँ बसेर नेपालीलाई ठग्ने ८ बंगलादेशी पक्राउ

काठमाडौं, बंगलादेशका नागरिकलाई ठगेको आरोपमा पक्राउ पर्ने बंगलादेशीको संख्या ८ पुगेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नयाँ बसपार्कबाट अनिक अम्ब्रोज रोजारियोलाई पक्राउ गरेको हो।

यसअघिको ७ जना पक्राउ परेका थिए। २६ वर्षीय एमडी एटिकुल इस्लाम, ४० वर्षीय एमडी आलम मोल्ला, ३७ वर्षीय एमडी जहन्जिर आलम, ३६ वर्षीय एमडी अमिनुल होकु, ३९ वर्षीय एमडी अमदुल अहांक, २८ वर्षीय एमडी नसिर उद्धिन र ४६ वर्षीय एमडी मोसारी हुसेन होलादर सोही क्षेत्रबाट अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो।

उनीहरू पर्यटन भिसामा नेपाल आएर नेपाली तथा बंगलादेशी नागरिकलाई सर्विया माल्टा लगायतका देशहरूमा पठाइदिन्छु भनि राहदानी र रकम लिएर ठगी गरेको आरोप छ।

पक्राउ परेका व्यक्तिको साथबाट नेपाली तथा बंगलादेशी नागरिकता पनि बरामद भएको छ। उनीहरूमाथि थप अनुसन्धान एवम् कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थान पठाइएको एसपी काजीकुमार आचार्यले जानकारी दिए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय