म्यानमारबाट दुई नेपालीलाई स्वदेश फर्काइयो

काठमाडौं, थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले म्यानमारको मेवाडीबाट थप दुई नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ। दूतावासले थाइल्यान्ड सरकारको सहयोगमा उनीहरूलाई उद्धार गरी नेपाल फर्काइएको जनाएको छ। यसअघि फागुन ९ गते पाँच नेपालीलाई सोही ठाउँबाट उद्धार गरी स्वदेश फर्काइएको थियो।

‘अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकहरूलाई नेपाली राजदूतावासले थाइल्यान्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याई दुई नेपालीलाई आज (फागुन १२ गते) नेपाल फर्काइएको छ,’ बैंककस्थित नेपाली दूतावासले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

दूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ।

‘कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया लाओस, म्यानमार र थाइल्याणलगायत वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा पुनः अनुरोध गर्दछ,’ दूतावासको पत्रमा उल्लेख छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय