काठमाडौं । आकर्षक तलब सहितको काममा पठाउने प्रलोभनमा पारेर पोर्चुगल र जापान पठाइदिने नाममा रकम ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा डोटी बडीकेदार गाउँपालिका ३ घर भई काठमाडौं महानगरपालिका १४ बस्ने २९ वर्षीय पूर्णबहादुर जेठारा र नुवाकोट बेलकोटगढी नगरपालिका १२ घर भई काठमाडौं नागार्जुन नगरपालिका २ बस्ने ३७ वर्षीय राजकुमार लामा रहेका छन् ।

पक्राउ मध्ये पूर्णबहादुरले पोर्चुगल पठाइदिछु भन्दै ३ जना व्यक्तिहरुबाट ९ लाख रूपैंया र राजकुमारले जापान पठाइदिन्छु भन्दै १ जनाबाट ५ लाख ५० हजार रूपैया लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पूर्णबहादुरलाई काठमाडौं महानगरपालिका १४ बाट र राजकुमारलाई काठमाडौं नागार्जुन नगरपालिका २ बाट आइतबार पक्राउ गरेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय