
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सल्ल्यानको छत्रेश्वरी गाउँपालिका–६का सुनिल दसौदी, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ५ का विकास दवाडी, गोरखा शहीदलखन गाउँपालिका–७ का सुरेन्द्र विक र काठमाडौँको गोकर्णेश्वर नगरपालिका ८ का विशाखा पौडेल छन् ।
प्रहरीका अनुसार दसौदीले सर्विया पठाइदिन्छु भन्दै रु २२ लाख ३८ हजार , दवाडीले जापान पठाइदिने भनेर दुई जनाबाट रु तीन लाख, विकले अमेरिका पठाइने नाममा रु ९७ लाख ५४ हजार र पौडेलले कुवेत पठाइदिन्छु भन्दै रु एक लाख ६० हजार ठगेको उजुरी परेको छ ।
अभियुक्तमध्ये दवाडी, पौडेल र दसौदीलाई वैदेशिक रोजगार विभाग तथा विकलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।