पोल्याण्ड लगायतका मुलुकमा आउन सामाजिक सञ्जाल मार्फत फैलाइने भ्रममा नपर्न आग्रह

काठमाडौं, पोल्यान्डलगायत युरोपका विभिन्न मुलुकमा आउन भन्दै आकर्षक रोजगारीको प्रलोभन र झुटा विवरणको प्रचार भइरहेको जानकारी प्राप्त भएको भन्दै जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले त्यसप्रति सचेत रहन आग्रह गरेको छ । दूतावासले शुक्रबार एक सूचना जारी गर्दै भ्रम र प्रलोभनमा नपर्न सचेत गराएको हो। विधिवत् रूपमा जुन मुलुकका लागि श्रम स्वीकृति लिएको हो, सोही मुलुकमा मात्र कार्यरत रहन दूतावासले आग्रह गरेको छ।

ुटिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमार्फत केही समययता नेपालीहरूलाई राम्रो रोजगारीको प्रलोभन देखाई ठगी गर्ने र अलपत्र पार्ने गरेको जानकारी आएकाले विधिवत रूपमा जुन मुलुकका लागि श्रम स्वीकृति लिएको हो, सोही मुलुकमा मात्र कार्यरत रहन र प्रलोभनमा नपर्नु सूचनामार्फत आग्रह गरिएको छ ।
दूतावासले गैरकानुनी कार्यमा कोही कसैलाई संलग्न नहुन र कोही भए त्यसको प्रमाणसहित उजुरी गर्न पनि अनुरोध गरेको छ।

केही समयदेखि टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा खुलेआम विज्ञापन गरेर माल्टा, रोमानिया, क्रोएसिया, बुल्गेरिया, स्लोभाक, स्विडेन, स्लोभानिया, हङ्गेरीलगायत मुलुकहरूबाट नेपालीलाई पोल्यान्ड ल्याउने गिरोह सक्रिय देखिन्छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय