
काठमाडौं, रोजगारीका लागि विभिन्न देशहरुमा पठाइदिने नाममा ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोकका दुधराज थिङ, काठमाडौंका समय गौतम, सर्लाहीका राकेश कुमार रावत र दाङकी प्रभा श्रेष्ठ छन् ।
काठमाडौं बस्ने राकेश कुमार रावतले मौरिसस पठाइदिने भन्दै ६ लाख ४५ हजार, समय गौतमले लिथुआनिया पठाइदिने भन्दै ११ लाख, ललितपुर बस्दै आएका दुधराज थिङले क्यानडा पठाइदिने भन्दै ७ लाख ५० हजार र ललितपुर नै बस्ने प्रभा श्रेष्ठले सिंगापुर पठाइदिने नाममा ७ लाख ८ हजार लिएर सम्पर्कविहीन भएको उजुरी प्रहरीम परेको छ । बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेपश्चात विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितहरुले उजुरी दिएका थिए।
उजुरीपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।