काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी फागुन १६ र १७ गते काठमाडौंमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलनले श्रम क्षेत्रको नयाँ नीतिहरु तय गर्न मद्धत गर्ने अपेक्षा गरिएको छ । सरकारले सम्मेलनका क्रममा हुने छलफलका आधारमा आन्तरिक रोजगार प्रवद्र्धन १० बर्षे रणनीतिक योजना बनाउने तयारी गरेको छ । श्रम मन्त्री शरतसिंह भण्डारीले दोस्रो पटक श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेयता आन्तरिक रोजगारी प्रवद्र्धनका लागि दशक मनाउने विषयलाई प्राथमिकताका साथ उठाउँदै आएका छन् ।

रोजगार सम्मेलनमा अन्तरिक रोजगार प्रवद्र्धनका लागि उत्पादन र उत्पादकत्व प्रणालीमा रुपान्तरण र नेपालमा आप्रवासन प्रकृया र आप्रवासन सुशासनका आयामहरु विषयमा अनुसन्धानमूलक कार्यपत्रहरु र विषयविज्ञहरुको प्रस्तुतीकरण रहने श्रम मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले जानकारी दिए । यसैगरी अनौपचारिक क्षेत्रको औपचारिकीकरण, आन्तरिक रोजगारी प्रवद्र्धनमा तीन तहका सरकार तथा अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा र बीमाको विस्तार तथा वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप तथा पुँजीको उत्पादनशील क्षेत्रमा उपयोगका विषयमा पनि सम्मेलनमा छलफल हुनेछ ।

सम्मेलनले उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण दिने अपेक्षा गरिएको श्रम मन्त्रालयका सह–सचिव डण्डुराज घिमिरेले बताए । सम्मेलनमा आन्तरिक र वैदेशिक रोजगारीको क्षेत्रमा देखा परेका चुनौतिहरुको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिन र श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तर–तहरअन्तर–निकाय समन्वय र सहकार्य स्थापनामा मद्धत गर्ने घिमिरेको भनाई छ ।

सम्मेलनमा श्रमिक, रोजगारदाता, अनुसन्धानकर्ता लगायत श्रम र रोजगारको विषयमा कृयाशिल व्यक्ति तथा संस्थाहरुबाट विभिन्न विषयहरुमा प्राप्त हुने सुझावलाई श्रम मन्त्रालयले अवलम्वन गर्ने आगामी नीतिगत र कानुनी सुधारमा पृष्ठपोषणको रुपमा लिने जनाइएको छ ।

५ सय व्यक्ति सहभागि हुने अपेक्षा गरिएको सम्मेलनमा तीनै तहका सरकार, निजि क्षेत्र, ट्रेड यूनियनहरु, श्रम तथा रोजगार विषयसँग सम्वन्धित व्यवसायी, अनुसन्धानकर्ता, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा सहभागि हुनेछन् । वैदेशिक रोजगार ऐनको परिमार्जन, राष्ट्रिय व्यवसायीक सीप विकास प्रतिष्ठानको परिमार्जन र सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार बोर्डको सुधारका लागि मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदन उपर समेत सम्मेलनका क्रममा सुझाव माग्ने मन्त्रालयको तयारी छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय