काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) को अध्यक्षमा जगतबहादुर सिम्खडा चयन भएका छन्।

मंगलबार काठमाडौंमा भएको छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनले सिम्खडालाई एक वर्षको लागि जेटियुसीसीको राष्ट्रिय अध्यक्ष चयन गरेको हो। यस्तै महासचिवमा इन्द्रदेव मिश्र र महिला संयोजकमा सीता लामालाई चयन गरेको छ।

महिला समितिको सचिवमा सरिता घिसिङ चयन भएका छन्। जेटियुसीसीमा हाल नेपालमा मान्यता प्राप्त दश वटा ट्रेड युनियन महासंघ आवद्ध छन्। हरेक एक/एक वर्षमा हुने जेटियुसीसीको अध्यक्षमा भने प्रत्येक वर्ष छुट्टाछुट्टै ट्रेड युनियन संस्थाले प्रतिनिधित्व गर्ने गरेका छन्।

जेटियुसीसीका नवनिर्वाचित अध्यक्ष जगत सिमखडाले जेटियुसिसीको अध्यक्ष बन्नु चुनौतिको रुपमा लिएको बताए। उनले नेपालको ट्रेड युनियन आन्दोलन अफ्ठ्यारो अवस्थामा रहेको बताए।

संविधानमा श्रमिका विषयलाई सम्बोधन भएपनि श्रमिकको हितमा कानूनहरु बन्न नसकेको उनको भनाई थियो। अध्यक्ष सिम्खडाले उल्टो बाटोमा हिँड्न थालेको नेपालको ट्रेड युनियन आन्दोलनलाई सुल्टो बाटोमा ल्याउने प्रयास गर्ने बताए।

उनले श्रम ऐनभित्र भएका मजदुर विरोधी दफाहरुलाई संशोधन गर्ने पहल गरिने बताए। उनले योगदानमा आधारित सामाजिक सुरक्षालाई कार्यान्वयनमा लैजानु आगामी चुनौति रहेको बताए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय