काठमाडौं । वैदेशिक रोजगारी गरेर फर्केर स्वदेशमा उद्यमी भएकाहरुलाई पुरस्केत गर्न सरकारले आवेदन आव्हान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस अगाडीका बर्षहरुमा जस्तै यस बर्ष पनि पुरस्कार प्रदान गर्न योग्य व्यक्तिहरुबाट आवेदन आव्हान गरेको हो ।

मन्त्रालयले जारी गरेको सुचना अनुसार वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीलाई पुरस्कृत गरिनेछ । यस्तो आवेदन माघ ७ गते भित्र दिन सकिन्छ ।

आवेदन दिने व्यक्ति श्रम स्वीकृति लिएर विदेश गई कम्तीमा एक वर्ष काम गरी फर्किएको हुनुपर्नेछ । वैदेशिक रोजगारीबाट नेपाल फर्किएको एक वर्ष पूरा भएको हुनुपर्ने पनि सर्त छ ।

यसैगरी पुरस्कारका लागि आवेदन दिने व्यक्ति पछिल्लो पाँच वर्षयता मन्त्रालयबाट कुनै पनि प्रकारको पुरस्कार नपाएको हुनुपर्ने सर्त छ । यसअघिका वर्षमा आवेदन दिएका तर पुरस्कार नपाएकालेहरुले भनें पुरस्कारका लागि आवेदन दिन सक्ने छन् ।
आवेदन दिने व्यक्तिले नेपाली नागरिकताको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, भिसा सहितको राहदानीको प्रतिलिपि, व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपि लगायतका कागजात सहित आवेदन दिनु पर्नेछ । यसका बारेमा थप जानकारीका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ०१ ४२११६७८ र ९८४३७२५००० मा फोन गरेर बुझ्न सकिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय