कोरिया पठाउँछु भनेर १६ लाख ठगेको आरोपमा युवक पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका घर भएका २९ वर्षीय ओम प्रकाश चौधरी छन् ।

उनले ३ जना पीडितबाट १६ लाख ९२ हजार रुपैयाँ ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । उनलाई कानुनी कारवाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय