
काठमाडौं । म्यासेडोनियामा आकर्षक तलब सुविधा हुने प्रलोभनमा पारेर रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ केपीलासगढी गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–४ चण्डोल बस्ने २८ वर्षीय चिना कोयी राई हुन् । उनलाई मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
राईले म्यासेडोनिया पठाइदिन्छु भन्दै २ जना व्यक्तिहरुबाट १२ लाख ९१ हजार रूपैयाँ लिई ठगी गरेको आरोप छ । रकम लिएपछि सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा प्रहरीले उनलाई काठमाडौं चण्डोलबाट पक्राउ गरेको हो ।
पक्राउ परेकी राइलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ ।