
काठमाडौं, अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवस, २०२४ को अवसरमा प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) ले वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका नेपालीहरुको स्मरण गर्दै दीप प्रज्वलन गरेको छ ।
संस्थाले काठमाडौैंको भृकुटी मण्डपमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा सरकारी निकाय तथा विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु सहभागि थिए । वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका र आर्थिक सहायताका लागि वैदेशिक रोजगार बोर्डमा आवेदन दिएका १४ हजार २ सय २४ जनाको स्मरणमा दीप प्रज्वलन गरिएको थियो । तर सो संख्या बाहेक पनि अन्य थुप्रै व्यक्तिले वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएको तर कागजातविहिन भएका कारण उनीहरुको तथ्याङ्क उपलव्ध नभएपनि त्यसरी ज्यान गुमाएका सम्पूर्णको स्मरणमा दीप प्रज्वलन गरिएको हो ।
हेर्नुहोस् दीप प्रज्वलनका केहि तस्वीरहरु (तस्वीर सौजन्य : निलाम्वर बडाल)