काठमाडौं, गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि पुनःसरकारको ध्यानाकर्षण गराएका छन्। परराष्ट्र मन्त्रालयका कायम मुकायम सचिव अमृतबहादुर राईलाई गत शुक्रबार पत्र बुझाउँदै गैरआवासीय नेपाली नागरिकता जारी भइसकेको अवस्थामा पनि कार्यान्वयनमा भइरहेको ढिलाइले संविधानले प्रदान गरेको आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्नबाट वञ्चित भएको उनले बताए ।

गैर आवासिय नेपाली संघका अनुसार अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकता जारी भइसकेको तर हाल यसको प्रयोगमा विभिन्न कानूनी जटिलता रहेको हुनाले यस सम्बन्धी कानून निर्माण गर्नका लागि यस मन्त्रालयबाट समेत सहजीकरण गरिदिन समेत आग्रह गरे । जवाफमा कामु सचिव राईले गैरआवासीय नेपाली नागरिकता जारी हुनुअघि नै त्यसको कार्यान्वयनको लागि आवश्यक कानून निर्माण नभएकोले समस्या भएको बताए। संविधानले आर्थिक सामाजिक तथा सांस्कतिक अधिकार दिने भनेपनि त्यसको लागि आवश्यक कानून निर्माण नहुदा नागरिकतामा समस्या आएको उनको भनाई थियो ।

भेटमा अध्यक्ष केसीले पिपुल्स अफ नेपाली ओरिजिन (पिएनओ) लाई पनि सम्बोधन गर्न अनुरोध गरेका थिए। उनले हाल जारी इराकमाथिको प्रतिबन्ध हटाउन पुनरावलोकन गर्न पनि आग्रह गरे। इराकको कुर्दिस्तानमा ठूलो संख्यामा नेपालीहरू विभिन्न पेशा तथा व्यवसायमा संलग्न रहेका छन्। ती नेपालीहरूलाई पासपोर्ट नविकरण तथा नेपाली दूतावासबाट प्राप्त गर्ने सुविधा लिनको लागि कुवेत स्थित नेपाली दूतावास तोकिएको छ, उनले भने, तर कुवेत र कुर्दिस्तानबीच अन्तरिक द्वन्द्वको कारणले आवतजावत बन्द छ। यसर्थ उक्त सुविधा कतार तथा युएईको नेपाली दुतावासबाट पाउनेगरी व्यवस्था गर्न जरूरी छ। जवाफमा सचिव राईले उक्त विषयमा मन्त्रिस्तरीय निर्णय गरी छिट्टै पुनरावलोकन गर्ने प्रतिबद्धता व्यक्त गरेको संघद्धारा प्रेसित विज्ञप्तीमा जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय