काठमाडौँ, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी युरोपका मुलुकहरुमा पठाउने नाममा रकम उठाएर ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमजुङको बेसीशहर नगरपालिका–८ घर भई हाल काठमाडौं टोखा नगरपालिका–६ बस्ने २० वर्षीय सुमित बस्याल र खोटाङ रूपाकोट मझुवागढी गाउँपालिका– ८ घर भई हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–४ पासीकोट बस्ने ३१ वर्षीय इच्छा गुरूङ रहेका छन् ।

सुमितले क्रोएसिया पठाइदिने आश्वासन दिएर दुईजना व्यक्तिबाट २ लाख ४० हजार रूपैयाँ उठाएको तथा इच्छाले पोल्याण्ड पठाइदिने भन्दै एकजनासँग १ लाख रकम उठाएर सम्पर्कबिहीन भएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमितलाई काठमाडौको भाटभटेनीबाट मंगलबार र इच्छालाई काठमाडौंको पासीकोटबाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय