
काठमाडौ, साउदी अरबका लागि नेपाली राजदूत नरेशविक्रम ढकाल सहित चारजना राजदूतहरुले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । सपथ लिनेहरुमा ढकालसँगै अमेरिकाका लागि लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती र अस्ट्रेलियाका लागि चित्रलेखा यादव रहेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमबीच नवनियुक्त राजदूतहरूले शपथ लिएका हुन् । शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।