काठमाडौँ, नीजि क्षेत्रमा काम गर्ने तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई संलग्न गर्दै उनीहरुको भविष्य सुनिश्चित गर्ने उदेश्य सहित २०७५ सालमा स्थापना भएको सामाजिक सुरक्षा कोष ६ बर्ष पुरा गरी सार्ता वर्षमा प्रवेश गरेको छ । २०७५ साल मंसिर ११ गतेदेखि औपचारिक रूपमा सुरुवात भएको कोषमा हाल १७ लाख ९७ हजार बढी योगदानकर्ताहरु आबद्ध भएका छन् ।

स्थापनाको ६ बर्षमा कोषमा १७ लाख ९७ हजार ६ सय ४० जना योगदानकर्ता (श्रमिक) आबद्ध भएका छन् । यसरी आवद्ध हुने श्रमिक मध्ये १२ लाख ५३ हजार ६ सय १५ जना वैदेशिक रोजगारीमा रहेका श्रमिक छन् । यसैगरी १९ हजार ७ सय ६९ रोजगारदाता आबद्ध भएका छन् ।

कोषमा हाल ६८ अर्ब ६८ करोड रुपैयाँ जम्मा भएको कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले जानकारी दिए । कोषले स्वास्थ्य उपचार, पेन्सन लगायतका सुविधाका लागि ११ अर्ब ६२ करोड रुपैयाँ भुक्तानी गरेको छ । कोषले हाल औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना लगायतका योजना अघि सारेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय