हवाई भाडा धेरै लिए उजुरी गर्न मन्त्रालयको आग्रह

काठमाडौ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई टिकट काट्दा भाडा धेरै लिएको भएमा उजुरी गर्न अनुरोध गरेको छ। मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै यस्तो अनुरोध गरेको हो । यस्ता्े उजुरी इमेल मार्फत हवाई टिकटको प्रतिलिपि, टिकट खरिद गरेको संस्थाको विवरण, बिल र भौचर लगायतका अन्य प्रमाण सहित दिन सकिनेछ ।

अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा अस्वाभाविक भाडा तिर्नुपरेको गुनासो सम्बन्धमा हाल विभिन्न सोसल मिडियाहरूमा अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा अस्वाभाविक भाडा तिर्नुपरेको भनेर विरोध भइरहेको छ। यात्रुहरू मारमा परेको भन्ने समाचार तथा गुनासोहरू आएको भन्दै मन्त्रालयले एक अध्ययन कार्यदल समेत गठन गरेको छ।

मन्त्रालयले निकालेको सुचनामा भनिएको छ उच्च दरको हवाई टिकट खरिद बिक्री गरेको विषयमा कुनै गुनासो भएमा हवाई टिकटको प्रतिलिपि, टिकट खरिद गरेको संस्थाको विवरण, बिल र भौचर लगायतका अन्य प्रमाण सहित उजुरी गर्नु होला ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय