काठमाडौं, वैदेशिक रोजगारमा पठाउने आकर्षक विज्ञापन सामाजिक सञ्जाल मार्फत फैलाएर ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । उनले फेसबुकमा विज्ञापन गरेर ठगी गरेको आरोप छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भइ हाल काठमाडौंको तारकेश्वर नगरपालिकामा बस्दै आएका २१ वर्षीय सुरज पौडेल हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीविरुद्ध अहिलेसम्म २ लाख १५ हजार रुपैयाँ ठगी भएको भन्दै उजुरी परेको छ ।

पौडेलले फेसबुकमा सुवेदी अभिशेक नामको नक्कली आईडी खोलेर दुवईमा रोजगारीमा पठाउने भन्दै विज्ञापन गर्ने गरेको प्रहरीले जनाएको छ । सोही आइडी मार्फत सम्पर्कमा आएका व्यक्तिहरुसँग रकम उठाएको अभियोगमा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले जानकारी दिए । पक्राउ परेका पौडेललाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय