
काठमाडौं, न्यूजिल्याण्ड पठाउने नाममा ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ की २४ वर्षीय नबिना दाहाल हुन् ।
दाहालले आकर्षक तलव सुविधा हुने काममा न्यूजिल्याण्ड पठाइदिने भन्दै ठगी गरेको उजुरी परेपछि पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी काजीकुमाार आचार्यले जानकारी दिए । दाहाललाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1