काठमाडौ, चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज) मा विप्रेषण (रेमिट्यान्स) मार्फत ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ११.५ प्रतिशतले बढी हो । २०८० असोज मसान्तसम्म रेमिट्यान्स आप्रवाह २५.८ प्रतिशतले बढेको थियो । गत बर्षको तुलनामा भनें यस बर्षको विप्रेषण आप्रवाहको बृद्धि दर कम हो ।

यस वर्षको तीन महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।

यसैबीच पछिल्लो तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (व्यक्तिगत तथा संस्थागत)लिने नेपालीको संख्या १ लाख १० हजार ६ सय ५४ रहेको छ । यसैगरी पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९ सय ३९ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १३ हजार ३ सय ९७ र ४९ हजार २ सय ९७ रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय