वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ — सर्वोच्च अदालतले वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिकाप्रसाद उप्रेतीलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासले उप्रेतीलाई बोर्डको कार्यकारी निर्देशकबाट हटाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरे‍को हो ।

चार वर्षको लागि नियुक्त भएका उप्रेतीलाई त्यसअगावै जिम्मेवारीबाट हटाउने कार्य कानुनसम्मत नभएको भन्दै सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको हो । उप्रेतीको निवेदनको सुनुवाइ गर्दै न्यायाधीश ढकालको इजलासले उप्रेतीका पक्षमा अन्तरिम आदेश जारी गरेको हो । उप्रेतीलाई मन्त्रिपरिषद्को २०७९ भदौ ६ को बैठकले चार वर्षका लागि बोर्डको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको २०८१ कार्तिक ५ को निर्णयबाट उप्रेतीलाई स्पष्टिकरण सोधिएको थियो । तीन दिने लिखित स्पष्टिकरण सोधिएकै अवधिभित्र उनलाई जिम्मेवारीबाट हटाइएको थियो । वैदेशिक रोजगार नियमावलीमा गरिएको व्यवस्था विपरीत उप्रेतीलाई हटाएको सर्वोच्चको ठहर छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय