काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरव ईमिरेट्स (युएई) तथा साउदी अरबका लागि काउन्सेलर (श्रम) श्रम सहचारी चयन गरेको छ । मन्त्रालयले लिएको परीक्षामा युएईका लागि मँन्त्रालयमा कार्यरत उपसचिव दीपेन्द्र पौडेल तथा साउदी अरेबियाको काउन्सिलरमा मन्त्रालयमै कार्यरत उपसचिव कविराज उप्रेती छनौट भएका छन् ।

लामो समयदेखि श्रम मन्त्रालय मातहतका कार्यालयहरुमा कार्यरत उपसचिव मैयाँ कँडेल काउन्सेलरमा प्रतीक्षा सूचीमा परेकी छन् ।

यसैगरी मन्त्रालयले दुई मुलुकका लागि श्रम सहचारी पनि छनौट गरेको छ । जसअनुसार बहराइनका लागि श्रम सहचारीमा शाखा अधिकृत सुनिता थापा छनौट भएकी छन् । कतारको श्रम सहचारीमा शाखा अधिकृत प्रेम प्रसाद पोखरेल चयन भए । शाखा अधिकृत विकास कुमार रजक प्रतीक्षा सूचीमा परेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय