काठमाडौं, अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ–नेपाल आवद्ध कमिटी (आइटीयूसी न्याक) को आयोजनामा प्रतिवेदन लेखन र सञ्चार सीप सम्वन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।

तालिममा प्रा.डा. केशव अधिकारीले प्रतिवेदन लेखनका विषयमा प्रशिक्षण दिएका थिए । उनले प्रतिवेदन लेखनको उद्धेश्य, प्रतिवेदनका प्रकारहरु, प्रतिवेदन लेखनको संरचना लगायतका विषयमा अवगत गराएका थिए ।

सञ्चार सीप सम्वन्धमा देशपरदेश डटकमका सम्पादक सुनिल न्यौपानेले प्रशिक्षण दिएका थिए । उनले प्रभावकारी सञ्चार सीपका लागि अपनाइनु पर्ने कुराहरु, समाचारका प्रकारहरु, समाचार लेखनमा छुट्न नहुने विषयवस्तु लगायतका विषयमा अवगत गराए । तालिमका सहभागिहरुले समाचार लेखन अभ्यास गरी प्रस्तुत समेत गरे ।

सो अवसरमा डेनिस ट्रेड यूनियन डेभलपमेण्ट एजेन्सी (डीटीडीए) का याकोवले डीटीडीएका विषयमा जानकारी गराए । यसैगरी सोही संस्थाकी इम्फाले नयाँ प्रविधिको प्रयोग मार्फत कसरी आम श्रोता, दर्शक, पाठकसम्म पुग्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएकी थिइन् ।

तालिममा तीन वटा महासंघका तर्फबाट सञ्चार केन्द्रीत रहेर हाल गरिंदै आएको कामहरुका बारेमा महासंघका नेताहरुले अवगत गराएका थिए ।

तालिममा नेपाल ट्रेड यूनियन महासंघ, अखिल नेपाल ट्रेड यूनियन महासंघ तथा नेपाल ट्रेड यूनियन काँग्रेसका तर्फबाट १८ जना सहभागि थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय