क्वालालम्पुर, मलेसियाले सन् २०२५ बाट लागु गर्नेगरी वृद्धि गरेको १७ सय रिंगिट आधारभूत तलव विदेशी श्रमिकका हकमा पनि लागु हुने भएको छ । नीति क्षेत्रमा काम गर्ने विदेशी श्रमिकहरु पनि सन् २०२५ को फेब्रअरी देखि लागु हुने नयाँ तलवको हकदार भएको त्यहाँको राष्ट्रिय ज्याला निर्धारण समितिको सचिवालयले यस्तो जानकारी दिएको हो ।

मलेसियाको सरकारी सञ्चार माध्यम बर्नमाका अनुसार समितिले न्यूनतम ज्यालामा कुनै पनि श्रमिकका बीचमा भेदभाव गर्न नपाइने स्पष्ट पार्दै मलेसियाले ज्यालामा भेदभाव गर्न नपाइने अभिसन्धि नं १०० लाई सन् १९९७ मा नै पाीत गरिसकेको स्पष्ट पारेको छ ।

यसैगरी रोजगार कानून तथा सवाह र सारवाकको कानुनले पनि स्थानीय र विदेशी श्रमिकका बीचमा कुनै पनि प्रकारको भेदभाव गर्न नपाइने स्पष्ट उल्लेख गरिसकेको पनि समाचारमा जनाइएको छ ।

गत शुक्रवार मलेसियाका अर्थमन्त्री समेत रहेका प्रधानमन्त्री अनवर इब्राहिमले संसदमा पेश गरेको बजेटमा श्रमिकको न्यूनतम ज्याला १५ सय बाट बृद्धि गरी १७ सय पुर्याउने उल्लेख छ । तर ५ जना भन्दा कम श्रमिकलाई काममा लगाउने साना कम्पनीहरुमा भनें ६ महिना पश्चात अर्थात अगष्ट २०२५ देखि मात्र न्यून्तम ज्याला बृद्धि हुने व्यवस्था गरिएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय