काठमाडौं, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले सवै गैर मलेसियन श्रमिकलाई पनि कर्मचारी सञ्चय कोषमा योगदानको व्यवस्था मिलाइने बताएका छन् । उनले सवै श्रमिकलाई समान व्यवहारका लागि पनि यसलाई अनिवार्य बनाउने योजनामा सरकार रहेको बताएका हुन् ।
मलेसियाबाट प्रकाशित हुने सञ्चार माध्यमहरुले प्रधानमन्त्री इब्राहिमको भनाईलाई उधृत गर्दै लेखेका छन्, अन्तराष्ट्रिय मञ्चहरुमा मलेसियाले गरेको प्रतिवद्धता पूरा गर्न पनि यो जरुरी रहेको छ । यसलाई चरणवद्ध रुपमा लागु गरिने इब्राहिमले बताएका छन् ।
इब्राहिमले सामाजिक सुरक्षाको एजेण्डालाई अझ बलियो बनाएर लैजाने पनि बताए । यसले श्रमिकलाई आवश्यक परेको समयमा उपचार लगायतको खर्च व्यहोर्न सहज हुने र दीर्घकालिन लाभ हुने पनि बताएका हुन् । मलेसियाले सामाजिक सुरक्षाका लागि सोक्सो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय