काठमाडौ, क्रोएशिया, कुवेत, र युएईमा आकर्षक तलब हुने काममा पठाइदिने भन्दै प्रलोभनमा पारेरर रकम ठगेको अभियोगमा प्रहरीले तीन जना व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिराहाका सुशान्त सिंह, कपिलवस्तुका सल्लाउद्धिन वेग र राजु दाहाल छन् । सिंह र वेग काठमाडौँ महानगरपालिका–९ सिनामंगलमा बस्दै आएका व्यक्ति हुने भनें दाहाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–८ हात्तिगौडामा बस्छन् ।

पक्राउ मध्ये सुशान्तले दुईजना व्यक्तिबाट ८ लाख ४० हजार रुपैयाँ उठाएको, सल्लाउदिनले दुई जना व्यक्तिबाट ७ लाख २० हजार रुपैयाँ उठाएको तथा राजुले तीन जना व्यक्तिबाट ८ लाख २५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । सोही आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुशान्तलाई काठमाडौँको कोटेश्‍वरबाट, सल्लाउदिनलाई काठमाडौँ सिनामंगलबाट र राजुलाई काठमाडौँ हात्तिगौडाबाट पक्राउ गरेको हो । पक्राउ परेका तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय