काठमाडौं, लेवननको राजधानी बेरुतनजिकै दायिहयामा इजरायली आक्रमणमा परेर हिज्बुल्लाहका वरिष्ठ कमान्डर फुआद सुकर मारिएपछि मध्यपूर्वमा तनाव बढ्ने अवस्था सिर्जना भएको छ । सो आक्रमण पश्चात लेबनान र इजरायलबीच तनाब बढेको छ । तसर्थ लेबनान पनि हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा कार्यरत नेपाली श्रमिकलाई सतर्क रहन र सचेतना अपनाउन आग्रह गरेको छ । यसैगरी थप आक्रमण प्रत्याक्रमण भएमा उद्धारका लागि दूतावासले त्यहाँ कार्यरत नेपालीको विवरण संकलन पनि सुरु गरेको छ ।

दूतावासले नेपाली श्रमिकलाई बेरुतस्थित अवैतनिक नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ । ‘विकसित घटनाक्रमको निरन्तर अनुगमन गरिरहेको एवं नेपाली नागरिकको सुरक्षाका लागि बेरुतस्थित अवैतनिक वाणिज्य दूतावासमार्फत सम्बन्धित निकायसँग सम्पर्क र समन्वय गरिरहेको बेहोरासमेत अनुरोध छ,’ दूतावासद्वारा जारी सूचनामा भनिएको छ ।

कुनै नेपालीले नेपाली नियागमा सम्पर्क गर्न चाहेमा सम्पर्क ठेगाना

कायरो
इमेलः [email protected]
सम्पर्क व्यक्तिः दीपक घिमिरे, द्वीतिय सचिव फोन नं.
+201097772348 (WhatsApp)
माधवराज काफ्ले, तृतीय सचिव फोन नं.
+201002505997 (WhatsApp)

बेरुत
इमेलः [email protected]
मोहम्मद गोजायल, अवैतनिक महावाणिज्यदूत फोन नं.
+9613301181/+96171688821/+96181883713

दूतावासको विज्ञप्तीमा भनिएको छ, “लेबनानमा रहेका नेपालीहरुको सूची अद्यावधिक तुल्याउने प्रयोजनका लागि दूतावासको वेबसाइटमा रहेको लिंक https://eg.nepalembassy.gov.np/registration-of-nepali-nationals-in-lebanon/ मार्फत् आवश्यक विवरण उपलब्ध गराइदिनुहुन लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई राजदूतावास हार्दिक अनुरोध गर्दछ ।”

इजरायली आक्रमणमा परेर यहि हप्ता इरानमा प्यालेष्टाइनका पूर्व प्रधानमन्त्री तथा हमासका नेता इस्माइल हानिया पनि मारिएका छन् । उनको हत्याको बदला लिइने भन्दै इरानले इजरायललाई चेतावनी दिइसकेको छ । यसले मध्यपूर्वमा द्धन्द चर्किने संकेत देखिएको छ । हमासले गत वर्ष असोज २० ९अक्टोबर ७० मा इजरायलविरुद्ध इतिहासकै भयानक आक्रमण गरेको थियो । आक्रमणमा १ हजार २ सय जना तत्काल मारिएका थिए भने सय जनाभन्दा बढीले आक्रमणको केही दिनमा ज्यान गुमाएका थिए ।

आक्रमणपछि हमासले २ सय ५० जनाभन्दा बढीलाई इजरायली क्षेत्रबाट बन्धक बनाएर लगेको थियो । त्यसलगत्तै क्रुद्ध इजरायलले हमासविरुद्ध सुरु गरेको आक्रमण हालसम्म जारी छ । अक्टोबर ७ यताको इजरायली आक्रमणमा करिब ४० हजार प्यालेस्टिनीको ज्यान गइसकेको छ । मारिएकामध्ये अधिकांश महिला र बालबालिका भएको हमासद्वारा गाजामा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हरकत अल–मुक्वामा अल–इस्लामिया ९हमास० प्यालेस्टिनी विद्रोही समूह हो । इजरायलको अस्तित्व नामेट पार्नुपर्ने बताउँदै आएको हमासले २००७ यता गाजापट्टीमा शासन गर्दै आएको छ । २३ लाख मानिसको बसोबास रहेको गाजापट्टी इजरायल, इजिप्ट र भूमध्यसागरबीचको ४१ किलोमिटर लामो र ६ देखि १२ किलोमिटर चौडा क्षेत्र हो । गाजाको आकाश ९हवाई क्षेत्र० र समुद्री तटमाथि भने इजरायलको नियन्त्रण छ ।

संयुक्त राष्ट्र संघले सकेसम्म संयमयता अपनाउन सवै पक्षलाई आग्रह गर्दै सो क्षेत्रमा संकट आइपर्ने चिन्ता जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय