काठमाडौं, गत आर्थिक वर्ष २०८०/८१ मा सात लाख ४३ हजार नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा कुल ७ लाख ४३ हजार ५ सय ९७ नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएका हुन् । यो गत आर्थिक वर्षको भन्दा कम हो । अघिल्लो आर्थिक वर्षमा ७ लाख ७१ हजार ३ सय २८ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।

वैदेशिक रोजगारीका लागि गत आवमा सबैभन्दा धेरै जेठ महिनामा ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएका छन् । सबैभन्दा कम कात्तिक महिनामा ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याँक छ । यसैगरी वैशाख महिना ७० हजार ७३७ जना, चैत महिना ७० हजार ९३३ जना, फागुुन महिना ६५ हजार ७५८ जना श्रम स्वीकृति लिएका छन् । माघ महिनामा ६२ हजार १४३ जना, पुस महिनामा ६५ हजार ८१३ जना, मङ्सिर महिनामा ६८ हजार २०१ जना, असोज ५७ हजार २३५ जना, भदौ महिनामा ५० हजार ८८४ जना र साउन महिनामा ५५ हजार ५७५ जना श्रम स्वीकृति लिएको देखिएको छ ।

सरकारले श्रम स्वीकृति दिएर विदेश जान अनुमति दिन थालेको ३० वर्षमा चालु पछिल्लो तीन आर्थिक वर्षमा २१ लाख ४१ हजार युवाले रोजगारी खोज्दै देश छोडेका छन् । तीन वर्षको तथ्याङ्कलाई औसत गर्दा वार्षिक सात लाख १५ हजार नेपाली युवा रोजगारी खोज्दै विदेश गएको देखिन्छ । यो सङ्ख्या पुनः श्रम स्वीकृति लिएर गएकाहरु समेतको हो । विदेश जान श्रम स्वीकृति लिनेमा ६४ प्रतिशत नयाँ श्रमिक हुने गरेका छन् भने ३६ प्रतिशत बिदामा आएर पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या हुुने गरेको छ ।

वैदेशिक रोजगार विभागले २०५० सालदेखि श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्याङ्क राख्न सुुरु गरेको हो । आव २०७८/७९ मा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या छ लाख ३० हजार ९० जना छन् ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय