काठमाडौं, शुक्रवारका लागि विदेशी मुद्राको सटही दरमा केहि वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मलेसियन रिंगिटको बिक्रीदर २८ रुपैयाँ ५९ पैसा र खरिद दर मूल्य २८ रुपैयाँ ३७ पैसा तोकिएको छ । विहिवारको तुलनामा यो १० पैसा बढी हो । यसैगरी कतारी रियालको बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा तथा खरिददर ३६ रुपैयाँ ५८ पैसा तोकिएको छ ।

यसैगरी साउदी अरेबियन रियालको बिक्रीदर ३५ रुपैयाँ ७३ पैसा तथा खरिददर ३५ रुपैयाँ ५७ पैसा तोकिएको छ । कतारी र साउदी रियाल अघिल्लो दिनको तुलनामा २ पैसा बढी हो । यूएई दिरहमको बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा तथा खरिददर ३६ रुपैयाँ ३२ पैसा तोकिएको छ । सर्वसाधारणले आफूसँग भएको विदेशी मुद्रा सटही गर्दा खरिददर अनुसार सटही गर्न पाउँछन् भने विदेशी मुद्रा लिनुपर्दा बिक्रीदर मूल्य तिर्नुपर्छ ।

अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ तोकिएको छ भने खरिददर मूल्य १३३ रुपैयाँ ४० पैसा छ । यसैगरी अष्ट्रेलियन डलरको बिक्रीदर ९० रुपैयाँ ५० पैसा तथा खरिददर ९० रुपैयाँ १० पैसा कायम भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय