काठमाडौं, नेपाल राष्ट्र बैंकले विहिवारका लागि विदेशी मुद्राको सटही दर सार्वजनिक गरेको छ । सो अनुसार विहिवारका लागि कतारी रियालको खरिद दर ३६ रुपैंयाँ ५७ पैसा र विक्रि दर ३६ रुपैंया ७३ पैसा छ । यसैगरी साउदी रियालको खरिद दर ३५ रुपैंयाँ ५५ पैसा र विक्रि दर ३५ रुपैंया ७१ पैसा छ । युएई दिरहमको खरिद दर ३६ रुपैंयाँ ३६ रुपंयाँ ३० पैसा र विक्रि दर ३६ रुपैंयाँ ५७ पैसा छ । मलेसियन रिंगिटको खरिद दर २८ रुपैंयाँ ३७ पैसा र विक्रि दर २८ रुपैंयाँ ४९ पैसा छ ।

यसैगरी कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ५२ पैसा थियो। बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १५ पैसा थियो।

यसैगरी अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा थियो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ १७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा थियो।

त्यसैगरी बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ८० पैसा र बिक्रीदर १७१ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ६५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७२ पैसा थियो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: