काठमाडौं, वर्किङ भिसामा भन्दै एक महिलालाई ९५ हजार असुलेर कुवेत पुर्याई विक्रि गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । सिन्धुपाल्चोकका ङेमा लामालाई मानव बेचविखन अनुसन्धान व्युरोले असार २४ गते पक्राउ गरी मानव बेचविखन तथा ओसारपसार मुद्धामा अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार ङेमाले ति महिलालाई कुवेतमा आफ्नो श्रीमति समेत रहेको भन्दै वर्किङ भिसामा क्लीनरको काममा लगाउने भन्दै ९५ हजार लिएर २०८० कात्तिक ५ गते जाली कागजातमा कुवेत पठाएका थिए । कुवेतमा पुगेपछि ति महिलालाई ङेमाकी श्रीमतिले कुवेती नागरिकको घरमा ११५० कुवेती दिनार (नेरु लगभग ५ लाख) मा विक्रि गरेको पीडित महिलाले प्रहरीमा बयान दिएकी छन् । त्यसरी बेचविखनमा परेकी ति महिलालाई कुवेती नागरिकको घरमा बन्धक बनाई घरेलु कामदारको रुमिा विना पारिश्रमिक राखेर यौन शोषण समेत भएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ति महिला तीन महिना पश्चात सो घरबाट भागेर नेपाली दूतावासको शरणमा पुगेकी थिइन् । तर उनलाई एजेण्टले उनी सो घरबाट आफू खुशी भागेको भन्दै प्रहरीमा उजुरी दिएका कारण १३० दिनार (नेरु ५७ हजार) बुझाएर उनी नेपाल फर्किन सफल भएकी थिएन् । उनको उजुरीका आधारमा प्रहरीले ङेमालाई पक्राउ गरेको हो ।

घरेलु श्रमिकका रुपमा खाडीका मुलुकमा जान सरकारले लगाएको बन्देजका कारण केहि वर्षयता यसरी नै दलालहरुले विभिन्न उपाय अपनाएर खाडीका मुलुकहरुमा पुर्याएर बेचविखन गर्दै आएका छन् । बन्देजले घरेलु श्रम गर्न जाने महिलाहरु अझ बढी जोखिममा परेको भन्दै अधिकारकर्मीहरुले बन्देज हटाउनु पर्ने माग गर्दै आएका छन् । तर संसदीय समितिको सिफारिसमा लगाइएको बन्देज सरकारले हटाएको छैन ।

(प्रतिकात्मक तस्वीर एआईको प्रयोग गरि बनाइएको हो)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय