काठमाडौं, वैदेशिक रोजगारमा फ्रि भिसा फ्रि टिकटमा श्रमिक पठाउन माग ल्याएका १४ वटा मेनपावर कम्पनीहरुको सूचि वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ । १४ वटा ति मेनपावर कम्पनीहरुले आर्थिक बर्ष २०८० ८१ म फ्रि भिसा, फ्रि टिकट तथा शुन्य लागतमा श्रमिक पठाएको विवरण वैदेशिक रोजगार विभागमा जानकारी गराएका ति मेनपावर कम्पनीहरुले कुनै श्रमिकसँग रकम असुलेको भएमा उजुरी गर्न पनि विभागले सूचित गरेको छ ।

शुन्य लागत तथा फ्रि भिसा, फ्रि टिकटमा श्रमिक पठाएको विवरण पठाउने मेनपावर कम्पनीहरुमा गुड अलाइन्स ओभरसिज, एफएसआई वल्र्डवाइड नेपाल, ब्रोडलिंक ओभरसिज, सोलो एशिया रिक्रुटमेण्ट, वाइज ईन्टरनेशनल नेपाल प्राली रहेका छन् । यसैगरी मिरा ओभरसिज, सुनकोशी मेनपावर सर्भिस, नवजीवन ईन्टरनेशनल, स्टिभेण्ड गोर्खा ओभरसिज, टाईटेनिक मेनपावर, रिलायन्स एचआर सोलुसन, ब्रिटिस गोर्खा ओभरसिज, मेराकर्ल इम्प्लोयमेण्ट सर्भिसेज तथा नासा ह्युमन रिसोर्स प्राली रहेका छन् ।

सरकारले मलेसिया र खाडीका मुलुकहरुमा श्रमिक पठाउन फ्रि भिसा फ्रि टिकटको नीति अवलम्वन गरेको छ । अधिकाँश मेनपावर कम्पनीहरुले मलेसिया र खाडीका मुलुकहरुमा नै श्रमिक पठाउने गर्दछन् । तर केवल १४ वटा मेनपावर कम्पनीहरुले मात्र श्रमिक विदेश पठाउन फ्रि भिसा, फ्रि टिकट उपलव्ध गराएको जानकारी विभागमा पठाएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय