काठमाडौं, एक बालिकालाई पोखराको होटलमा वेट्रेसको काममा लगाइदिने प्रलोभनमा पारेर भारतमा लगेर बेचविखन गर्ने तथा वेश्यावृत्तिमा लगाउने उद्धेश्यले लैजाने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवकोटका सम्बर बहादुर तामाङ, ईन्दिरा कटुवाल (तामाङ) र डिल्ली बहादुर तामाङ रहेका छन् ।

प्रहरीका अनुसार ति युवतीलाई बेचविखनका लागि मकवानपुर हुँदै भारत लैजाँदै गरेको सुचना पाएपछि प्रहरीले ललितपुरको सुनाकोठीबाट सम्बर बहादुर तामाङलाई पक्राउ गरेको थियो । सोही घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले इन्दिरा र डिल्ली बहादुरलाई पनि कोटेश्वरबाट पक्राउ गरेको हो ।

मानव बेचविखन अनुसन्धान व्युरोका प्रहरी उपरीक्षक गौमक मिश्रका अनुसार पक्राउ परेको तीनजना मध्ये सम्बर बहादुर र इन्दिरालाई मुद्धा पुर्पक्षका लागि र डिल्ली बहादुर तामा लाई अदालतले मागेको दुई लाख धरौटी बुझाउन नसकेपछि कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: