काठमाडौ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातवटै प्रदेशमा आयोजना गरेको श्रमाधान रोजगार मेलामा १७ हजार ९ सय ३१ व्यक्तिले रोजगारीका लागि आवेदन दिएका छन् । यसैगरी १४ हजार ७ सय ७८ श्रमिकको माग रोजगारदाताले गरेका छन् ।

मन्त्रालयको अगुवाईमा आयोजित सो मेलामा ८५ लाख ६३ हजार रुपैयाँँ खर्च भएको छ जसमध्ये सबैभन्दा धेर्रै रकम वैदेशिक रोजगार बोर्ड अन्तगर्तको कल्याणकारी कोषबाट खर्च गरिएको छ । मेलाका लागि सो कोषबाट ४९ लाख खर्च गरिएको हो । बोर्डबाट हरेक प्रदेशका लागि ७ लाखका दरले रकम उपलव्ध गराइएको छ । त्यसपछि धेरै खर्च प्रदेशका सामाजिक विकास लगायतका मन्त्रालयले गरेका छन् । मेलाका लागि सबैभन्दा धेरै बागमती प्रदेशमा खर्च गरिएको छ । बागमतीमा १९ लाख ४७ हजार खर्च गरिएको छ भनें त्यसपछि मधेसमा १३ लाख ७८ हजार खर्च गरिएको छ ।

सो मेलामा विभिन्न कार्यशालाहरु पनि आयोजना गरिएका थिए । मन्त्रालयले गत जेठ १७ गते ३० गतेसम्म सातवटै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गरेको थियो । सो मेलामा सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत संघसंस्थाहरु तथा नीजि कम्पनीहरुले स्टल राखेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय