काठमाडौं, चालु आर्थिक वर्षको १० महिनामा करिब १२ खर्ब विप्रेषण (रेमिट्यान्स) नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिना (२०८० साउन देखि २०८१ वैशाखसम्म) को देशको वर्तमान आर्थिक स्थिति सम्बन्धी सार्वजनिक प्रतिवेदन अनुसार १० महिनामा रेमिट्यान्स १९.२ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा ११ खर्ब ९८ अर्ब ६० करोड रकम नेपाल भित्रिएको छ ।
विप्रेषण बढेपनि गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भनें घटेको छ । विगत दुई वर्षमा उच्च दरमा विदेश गएका र चालु आवमा समेत संख्या केही घटेपनि नयाँ श्रम स्वीकृति र नवीकरण समेत गर्दा ५ लाख भन्दा धेरै छ । वैदेशिक रोजागरीमा जाने नेपाली उच्च हुँदा पछिल्लो २ वर्षयता रेमिट्यान्सको वृद्धि उच्च छ ।

चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८९३ रहेको छ । गत आवको सोही अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख २१ हजार २७९ र पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ३८ हजार ९७६ रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: