श्रम मन्त्री अर्याल जेनेभा प्रस्थान

काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२ औ अन्तराष्ट्रिय श्रम सम्मेलन (आईएलसी) मा सहभागी हुन आइतबार जेनेभा तर्फ प्रस्थान गरेका छन् । मन्त्री अर्यालले १२ जुनमा आईएलसीको पूर्ण बैठकलाई सम्बोधन गर्नेछन् । यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सामाजिक न्यायको लागि ग्लोबल गठबन्धन फोरममा सहभागिताको भ्रमण दलको सदस्यको रुपमा पनि मन्त्री अर्याल सहभागी हुनेछन् ।

११ जुनमा मलेसियाका मानव संशाधन मन्त्री तथा कतारका श्रम मन्त्रीसँग दुई पक्षिय भेट गर्ने कार्यक्रम छ । यसैगरी १४ जुनमा कोरियाका रोजगार तथा श्रम मन्त्रीसँग दुई पक्षीय भेट गर्ने कार्यक्रम रहेको मन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

सम्मेलनमा आईएलओका १८७ सदस्य राष्ट्रका प्रतिनिधिले सहभागिता छ । सरकार, रोजगारदाता र श्रमिकका प्रतिनिधिहरु सम्मेलनमा सहभागि हुन्छन् । नेपालका तर्फबाट उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र जेटीयूसीका अध्यक्ष योगेन्द्र कुमार कुँवरले पनि सम्मेलनमा सहभागिता जनाउने छन् । आईएलओले हरेक वर्ष श्रम सम्मेलन गर्ने गर्दछ । ३ जुन देखी शुरु भएको सम्मेलन १४ जुनमा सकिनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: