धनगढीको रोजगार मेलाः पहिलो दिन एक हजारलाई रोजगारी

काठमाडौं, आइतवारदेखि सुदुरपश्चिम प्रदेशको धनगढीमा सुरु भएको श्रमाधान रोजगार मेलाको पहिलो दिन एक हजार जनाले रोजगारी प्राप्त गरेका छन् । यसैगरी मेलामा २२ सय ५० जनाले रोजगारीका लागि आवेदन दिएका छन ।

मेला अवलोकनका लागि आएका एक हजार युवाले रोजगारीका प्राप्त गरेका र हजारौले रोजगारीका लागि आवेदन दिएको श्रम रोजगार तथा सामाजिक स’रक्षा मन्त्रालयका उपसचिव बसन्त बोहोराले जानकारी दिए ।

मेलामा सुदुरपश्चिम प्रदेश नौ वटै जिल्लाबाट युवाहरु रोजगारीबारे जानकारी लिन तथा आवेदन दिनका सहभागी भएका थिए । मेलामा रोजगारीबारे जानकारी लिने युवाहरु, नीजि क्षेत्रका रोजगार दाता, रोजगार सम्बन्धी सरोकारवाला संघ संस्थाहरुको ठुलो उपििस्थती रहेको थियो । मेलामा आन्तरीक रोजगार सम्बन्धित नीजि क्षेत्र,बैदेशिक रोजगार सम्बन्धी जानकारी गराउने सरकारी निकाय,सामाजिक सुरक्षा कोषबारे जानकारी गराउने उदेश्यका साथ ३७ वटा स्टलहरु रहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: