मागपत्र प्रमाणीकरण अनलाइनबाट

काठमाडौं, सरकारले वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण अब अनलाइनबाटै गर्ने भएको छ। परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागले बिहीबारदेखि यस्तो सेवा सुरु गर्ने भएको हो ।

विभागले बुधबार सूचना प्रकाशित गरी ‘विदेशस्थित नेपाली नियोगहरूबाट हुँदै आएको वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरणका लागि भौतिकरुपमा नियोगमा उपस्थित हुनुपर्ने अवस्था कम गर्दै लैजाने उद्देश्य अनुरुप सूचना प्रविधिको प्रयोग मार्फत अनलाइनबाट प्रमाणीकरण गर्ने प्रकृया नेपाली राजदूतावास, अबुधाबीबाट सुरू हुन लागेको’ जनाएको छ।

अनलाइनबाट मागपत्र प्रमाणीकरण सम्वन्धी कार्य काठमाडौंस्थित कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरको हलबाट आयोजित कार्यक्रमका बीच उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसमेतको उपस्थितिमा गर्ने विभागले जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: