विदेश पठाइदिने नाममा ठगेको अभियोगमा तीनजना पक्राउ

काठमाडौँ, आकर्षक कमाई हुने रोजगारीमा विदेश पठाइदिने नाममा ठगि गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्याङ्जाका राजु ढकाल, धनुषाका युवराज ठाकुर तथा रुकुम पश्चिमका रुपेशराज गिरी छन् । उनीहरुले रोजगारीमा पठाउने नाममा रकम उठाएपछि बेखवर भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । पक्राउ गरिएकाहरुलाई वैदेशिक रोजगार विभागमा बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

पक्राउ पर्नेहरु मध्ये रुपेशराज गिरीले रोजगारीका लागि रोमनिया पठाउईदिने भन्दै देव सिंह महता सहितका पीडितहरूबाट ८ लाख नगद लिएको प्रहरीमा उजुरी छ । गिरी हाल काठमाडौँको सुकेधारामा बस्दै आएका थिए । यसैगरी पक्राउ परेकाहरु मध्ये राजु ढकालले दुबई पठाउँछु भनेर २ लाख ५० हजार तथा युवराज ठाकुरले पोल्याण्ड पठाउने नाममा ८ लाख ठगी गरेको एसपी रेग्मीले जानकारी दिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: