काठमाडौं, मधेश प्रदशको जनकपुरमा दुई दिनसम्म चल्ने श्रमाधान रोजगार मेलाको उद्घाटन भएको छ । जेठ १९ र २० गते आयोजना गरिने मेलाको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालले उद्घाटन गरे ।

मेला उद्घाटन गर्दै मन्त्री अर्यालले धेरैभन्दा धेरै युवाहरूलाई आफ्ना उद्योगमा रोजगारी दिन मधेश प्रदेशका उद्योगीहरूलाई आग्रह गरे । शनिबार मेला उद्घाटन गर्दै मन्त्री अर्यालले मधेशमा रोजगारी क्षेत्रमा व्यापक समस्या रहेको र मधेशबाट ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य रहेको पनि औंल्याए । “यो मेलाबाट अहिले नै ठ्याक्कै यति रोजगारी दिन सकिन्छ भन्ने ग्यारेन्टी गर्न नसकिए पनि श्रमिक र रोजगारदाताका समस्या आवश्यकता बारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या सामधानका लागि महत्वपूर्ण भूमिका खेल्नेछ,” उनले भने ।

त्यस्तै, मन्त्री अर्यालले सरकारले रोजगार बैंकको अवधारणा अगाडी सारेको पनि बताए । नेपालबाट भारत जाने श्रमिकहरूको तथ्यांक संकलनको काम पनि सरकारले गरिरहेको मन्त्री अर्यालले बताए । रोजगारी सम्बन्धी केही समस्या परे ११४१ पैसा नलाग्ने श्रमाधान कलसेन्टरमा पनि गुनासो राख्न उनले आग्रह गरे ।

मधेश प्रदेश श्रम तथा यातायात मन्त्री वेची लुंगेलीले यो मेलाले श्रम क्षेत्रका समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने बताइन् । मेलाबाट बढी भन्दा बढी मधेश प्रदेशका युवाले लाभ लिने विश्वास पनि उनले व्यक्त गरिन् । “मधेश प्रदेशमा बेरोजगारी समस्या व्यापक छ । यहाँबाट विदेश पलायन हुनेको संख्या धेरै छ । यो मेलाले ठूलो योगदान पुराउनेछ भन्ने अपेक्षा छ,’ उनले भनिन् । वैदेशिक रोजगारीमा जानेका लागि, देशमै केही गर्छु भन्नेका लागि र वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि यो मेलामा धेरै कुराहरू सिक्ने अवसर राखिएको पनि उनले बताइन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मेलाले श्रम बजारको मागअनुसार श्रम शक्ति उत्पादनमा सहयोग पुग्ने बताए । नेपाली रोजगार क्षेत्रलाई सुरक्षित व्यवस्थित र श्रमिक तथा उद्योगमैत्री बनाउँदै लगिने पनि उनले बताए ।

मेलाको उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य मनिष झाले मेलालाई अवसरको रूपमा लिनुपर्ने बताए । “श्रम सम्बन्धि समाधान आवश्यक छ त्यसैले श्रमाधान योजना आवश्यक छ । हाम्रा युवा विदेश गएर श्रम गर्ने होइन देश बनाउने काम गर्ने हो,’ उनले भने ।

कामको खोजीमा रहेका युवाहरूलाई लक्षित गर्दै सीपसँग सम्बन्धित तथा रोजगारीमा जोड्ने रोजगार परामर्श स्टल राखिएको छ । मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको स्टल, रोजगारदाता, म्यानपावर व्यवसायी, विभिन्न सामाजिक संस्थाहरू लगायत ३५ भन्दा बढी स्टलहरू राखिएको छ । श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, कल सेन्टर, सुरक्षित आप्रवासन सामी, रेमी श्रमाधान लगायत सरकारी स्टलहरू छन् । यसैगरी विभिन्न नेटवर्किङ सत्रहरू पनि राखिएको छ । साइडलाइन सत्रहरू, तथा स्थानीय सांस्कृतिक कार्यक्रमहरू पनि राखिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: