विदेशबाट आर्जित रकमबाट घर बनाउनेलाई सरकारले सहुलियत दिने

काठमाडौं, सरकारले वैदेशिक रोजगारीबाट आर्जित रकमबाट आवास बनाउन चाहने परिवारलाई व्यवस्थित बस्ती विकास कार्यक्रममा आवद्ध गराउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेटमा स्थानीय तहसँग समन्वय गरी विप्रेषणको रकमले घर बनाउन चाहने कम्तीमा १० परिवारलाई एकै स्थानमा एकल वा सामुहिक आवास बनाउन प्रोत्साहन गर्ने कार्यक्रम समेटिएको छ ।

यसैगरी विदेशको आम्दानी स्वदेशमा लगानी अन्तर्गत गैरआवासिय नेपालीको पुँजी, प्रविधि र सीपलाई मातृभूमिसँग जोडन् जन्मस्थलमा गैरआवासिय नेपाली अभियान पनि सञ्चालन गरिने भएको छ । वैदेशिक रोजगारीबाट फर्केकाहरुको ज्ञान, सीप र पुँजी मार्फत उद्यमशीलता प्रवद्र्धन गर्न रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम पनि बजेटमा उल्लेख छ । सो कार्यक्रम मार्फत कम्तीमा एक लाख रिटर्नीलाई स्वरोजगार बनाउने सरकारको लक्ष्य छ ।

सो कार्यक्रम समेटिएको हो । यसैगरी वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलव्ध गराउने पनि बजेटमा समेटिएको छ ।

यसैगरी सरकारले आगामी आर्थिक बर्ष प्रत्येक प्रदेशमा कम्तीमा एक हजार युवालाई सीपमूलक तालीम प्रदान गर्न ४३ करोड विनियोजन गरिएको छ ।

एकीकृत सामाजिक सुरक्षाको अवधारणा अनुरुप सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा कार्यक्रमबीच अन्तरआवद्धता कायम गरी कोषमा आवद्ध योगदानकर्ताको स्वास्थ्य बीमा सामाजिक सुरक्षाकोष मार्फत हुने व्यवस्था मिलाउने भएको छ ।

सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्व १० करोड विनियोजन गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: