एक लाख रिटर्नीलाई स्वरोजगार बनाउने सरकारी लक्ष्य, प्रत्येक प्रदेशमा कम्तीमा एक हजारलाई तालिम

काठमाडौं, सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरुको ज्ञान, सीप र पुँजी मार्फत उद्यमशीलता प्रवद्र्धन गर्न रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो कार्यक्रम मार्फत कम्तीमा एक लाख रिटर्नीलाई स्वरोजगार बनाउने सरकारको लक्ष्य छ ।

अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेटमा सो कार्यक्रम समेटिएको हो । यसैगरी वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलव्ध गराउने पनि बजेटमा समेटिएको छ ।

यसैगरी सरकारले आगामी आर्थिक बर्ष प्रत्येक प्रदेशमा कम्तीमा एक हजार युवालाई सीपमूलक तालीम प्रदान गर्न ४३ करोड विनियोजन गरिएको छ ।

एकीकृत सामाजिक सुरक्षाको अवधारणा अनुरुप सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा कार्यक्रमबीच अन्तरआवद्धता कायम गरी कोषमा आवद्ध योगदानकर्ताको स्वास्थ्य बीमा सामाजिक सुरक्षाकोष मार्फत हुने व्यवस्था मिलाउने भएको छ ।

सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्व १० करोड विनियोजन गरिएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: