काठमाडौं, वैदेशिक रोजगारीमा पठाइदिने भनी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । आकर्षक तलबको लोभनमा पारी रकम ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका १ घर भई ललितपुर महालक्ष्मी नगरपालिका १ बस्ने ३६ वर्षीय विशाल हमाल, काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र सप्तरी कोइलाली गाउँपालिका(३ घर भई काठमाडौं महानगरपालिका(३२ तिनकुने बस्ने ४५ वर्षीय सैलेश कुमार झा रहेका छन् ।

प्रहरीका अनुसार विशालले अमेरिका पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख ७० हजार रूपैयाँ, प्रशान्तले अष्ट्रेलिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट ८ लाख रूपैयाँ र सैलेशले युके पठाइदिन्छु भन्दै एक जना पीडितबाट ५ लाख ४० हजार रूपैयाँ ठगी गरेको खुलेको छ । पक्राउ परेकाहरुदाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: