अमेरिका पठाइदिने नाममा ५ करोड बढी ठगेको अभियोगमा पक्राउ

काठमाडौं, नेपाल प्रहरीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाई पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी उक्त गिरोहलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा वर्ष ४७ का सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका २ का टासी शेर्पा, जिल्ला सिन्धुपाल्चोककै वर्ष ४२ का साविक कर्थली गा।वि।स। १ का ङिमबुटी शेर्पा र जिल्ला सिन्धुपाल्चोककै जुगल गाउँपालिका १ की वर्ष १९ वर्षीया निमा शेर्पा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए ।

उनका अनुसार सम्पर्कमा आएका १० जनाबाट उक्त गिरोहले पाँच करोड ५० लाख रुपियाँ रकम ठगी गरेको पाइएको छ । यो गिरोहले करिव १५ जना नेपालीहरुलाई अमेरिका पठाउन केन्या लगायतका विभिन्न देशमा अहिले पनि बन्धक बनाई राखिरहेको र निजहरुबाट करिब सात करोड ५० लाख रकम लिएको खुल्न आएको बताए ।

यसैगरी स्रोत नखुलेको ९८ लाख रुकमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वर्ष २८ का समिर सुनार र वर्ष २९ का मिलन बिक रहेका छन् । उनीहरु दुवैजना रुपन्देही सियारी गाउँपालिका ७ का हुन् । उनीहरुको साथबाट ९८ लाख स्रोत नखुलेको रकमसहित बा.१३ च. ४८५८ नम्बरको सवारी साधन बरामद भएको छ । उनीहरुलाई काठमाडौँ महानगरपालिका ५ मालिगाउँ क्षेत्रबाट हुण्डी कारोबार गरेको सुचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: