बाह्य बसाईमा जाने नेपाली प्रति लाखमा ३ हजार सात सय, सबैभन्दा बढी सुदुरपश्चिममा

काठमाडौँ, विगत पाँच बर्षभित्र प्रति एक लाखमा ३ हजार ७ सय ५२ जना नेपाली बाह्य बसाइसराइ भएका छन् । प्रादेशिक रूपमा हेर्दा सबैभन्दा बढी सुदूरपश्चिममा एक लाखमा ७ हजार ३ सय ५९ जना बसाइ सरेका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक गरिएको जनसाङ्ख्यिक सूचक अनुसार दोस्रो स्थानमा गण्डकी प्रदेश रहेको छ । लुम्बिनी र कर्णाली क्रमशः तेस्रो र चौथो स्थानमा छन् । सबैभन्दा कम अन्तर्राष्ट्रिय बसाईंसराई भएकाहरुको प्रदेश मधेस प्रदेश हो ।

गण्डकी प्रदेशमा प्रतिलाखमा ४ हजार २७ जना बसाइ सरेका छन् । कर्णाली प्रदेशमा प्रतिलाख ३७ सय छन् भने तेस्रो स्थानमा कोशी प्रदेश रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय