काठमाडौ, इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारका अमिर (राजा) सँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका कतारी शेख तमिम बिन हमाद अल थानीसँग शीतलनिवासमा भएको औपचारिक भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले उनलाई विपिन जोशीबारे कुरा उठाएका थिए। सो क्रममा कतारका अमिर अल थानीले कतारले जोशीको खोजी तथा रिहाइको लागि पहल गरिरहेको बताएको राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले जानकारी दिए ।

गत वर्ष असोज २० गते इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो भने जोशी सम्पर्कविहीन भएका थिए ।

हराएका विपिन कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका हुन्। हमासको आक्रमणपछि इजरायली डिफेन्स फोर्स आईडीएफले भिडिओ सार्वजनिक गर्दै विपिनलाई प्यालिस्टिनी विद्रोही समूह हमासले नियन्त्रणमा लिएर गाजातर्फ लगेको बताएको थियो। ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी गत वर्ष भदौ अन्तिम साता इजरायल गएका थिए।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय