काठमाडौं, नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एल एई अन्सारीले कतारको विकासमा नेपाली श्रमिकको ठूलो योगदान रहेको बताएका छन् । उनले नेपाली श्रमिकको सीप विकास लागि सहयोग गर्न कतार सधै तयार रहेको पनि स्पष्ट पारे । उनले ‘नेपाली श्रमिकको सिप विकासका लागि के के गर्नुपर्छ नेपाल सरकारले प्रस्ताव ल्याएमा सबै खालको सहयोग गर्न कतार तयार रहेको उनले बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालसँग मंगलवार भेट गर्दै यनले नेपाल कतारको दोस्रो ठूलो स्रोत मुलुक भएको बताए । भेटमा श्रममन्त्री डोलप्रसाद अर्यालले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न आग्रह गरेका थिए । ‘हामी सीपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन र नेपाली श्रमिकलाई सिपयुक्त बनाउन चाहन्छौ । त्यसैले श्रमिकको सीप विकासमा तपाईहरुको सहयोगको अपेक्षा गर्छौ,’ मन्त्री अर्यालले राजदूतसँगको भेटमा भनेको मन्त्री आर्यालयको सचिवालयले जनाएको छ । त्यस्तै, कतारले नेपाली श्रमिकलाई रोजगारीको लागि अवसर दिएकोमा पनि मन्त्री अर्यालले धन्यवाद दिए । ‘कतारले नेपाली श्रमिकलाई समान व्यवहार गरेको छ भन्नेमा म विश्वस्त छु । कतारले मर्यादित र व्यवस्थित श्रमको अभ्यास गरेको छ, जुन प्रसंशनिय छ,’ मन्त्री अर्यालले भने ।

भेटका क्रममा कतार सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको भ्रमण र नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बिषयमा पनि छलफल भएको थियो ।

कतारमा तीन लाख ६७ हजार ३८९ नेपाली श्रमिक छन् । जसमध्ये पुरुषको संख्या तीन लाख ५१ हजार ८३४ छ भने महिला श्रमिकको संख्या १५ हजार ५५५ छ । कतारले आप्रवासी श्रमिकको लागि पनि न्यूनतम पारिश्रमिक लागू गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय